सरकारले उठायो ६ महिनामा ४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व काठमाडौं, १८ माघ। चालु आर्थिक वर्ष २०७९/८०को पुस मसान्तसम्म सरकारले ४ खर्ब ९०अर्ब ४करोड ३८लाख रुपैयाँ राजस्व उठाएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर राजस्व ४खर्ब ५अर्ब २६करोड ९३लाख रुपैयाँ, गैरकर राजस्व ५३अर्ब ७१करोड ७५लाख रुपैयाँ र अन्य प्राप्ती ३१अर्ब ५करोड ७०लाख रुपैयाँ उठेको छ। यस अवधिको राजस्व परिचालन लक्ष्य २खर्ब ७५अर्ब ७१करोडको तुलनामा ७५.२०प्रतिशत राजस्व संकलन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्