सुख्खा मौसम सुरु भएसँगै बढे आगलागीका घटना, पछिल्लो एक महिनामा आगलागीमा परी २० जनाको मृत्यु काठमाडौं, १८ माघ। सुख्खा मौसम सुरु भएपछि देशमा आगलागीका घटना बढेका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक महिना(पुस १७–माघ १७)मा देशभर भएका ३८७ वटा आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ। ती घटनामा परी ६९ जना घाइते भएका छन्। आगलागीका कारण २२ करोड ३९ लाख ७६ हजार ५९५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्