परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै, यस्तो छ भ्रमण कार्यक्रम काठमाडौं, १८ माघ। परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदैछिन्। श्रीलंकाका विदेशमन्त्री एम.यू.एम.अली साबरीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। श्रीलंकाका समकक्षीसँग भेट गरी फागुन २०गते राष्ट्रपति सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सवमा उनी सहभागी हुनेछिन्। उनको श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।उनी फागुन २२गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्