परराष्ट्र सचिव पौड्यालले गरे नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका लागि प्राथमिकता दिने देशको सूचीमा राख्न आग्रह काठमाडौं, १८ माघ। परराष्ट्र सचिव भरतराज पौड्यालले हेगमा नेदरल्याण्डको परराष्ट्र मन्त्रालयका उपमन्त्री/राजनीतिक मामिलाका महानिर्देशक मार्सेल डी भिङ्कसँग भेटवार्ता गरेका छन्। भेटमा परराष्ट्र सचिवले मानव संसाधन विकास नेपालको प्रमुख प्राथमिकताको क्षेत्र भएकाले यस्तो सहयोगलाई निरन्तरता दिन नेदरल्यान्ड सरकारलाई आग्रह गरेका थिए। परराष्ट्र सचिवले नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका लागि प्राथमिकता दिने देशको सूचीमा राख्न पनि नेदरल्यान्ड्सलाई आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्