सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर काठमाडौं, १८ माघ। देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ। ढल फुट्दा आवागमनमा समेत अवरोध सिर्जना भएको छ। ढलका कारण सडक हिलाम्मे भएको छ, पैदल यात्री र सवारी चालकहरुले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिएको हो। पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्