राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै, निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता बारे छलफल हुने काठमाडौं, १८ माघ। आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्दैछ। आजको बैठकमा राष्ट्रिय सभाका समिति सभापतिहरु, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरु, संविधान सभाका सदस्यहरु, प्रमुख निर्वाचन आयुक्त र आयुक्त माधव पौडेल, तिर्थमान शाक्य, महान्यायधिवक्ता दिनमणि पोखरेल लगायतलाई बोलाइएको छ। बैठकमा निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता र निर्वाचन सम्बन्धी कानूनका बारेमा छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्