बलात्कार सम्बन्धी मुद्दामा आसारामलाई भारतको एक अदालतले दियो जन्मकैदको सजाय नयाँदिल्ली, १७ माघ। भारतको गान्धीनगरस्थित अदालतले मंगलबार आसारामलाई बलात्कार सम्बन्धी मुद्दामा जन्मकैद सजाय सुनाएको छ। अदालते सन् २०१३ मा दायर भएको उक्त मुद्दामा आसारामले पूर्व महिला शिष्यामाथि बलात्कार गरेको कसूर ठहर गरेको हो। ८१ वर्षीय आसाराम हाल जोधपुर जेलमा छन्,जहाँ बलात्कार सम्बन्धी अन्य मुद्दाको जन्मकैद सजाय उनी काटिरहेका छन्। यसअघि अदालतले एक नाबालिगमाथि बलात्कारको मुद्दामा उनलाई दोषी दहर गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्