संस्कृतिमन्त्री किराँतीले दिए एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन काठमाडौं, १७ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘सफा पशुपति,पवित्र पशुपति’ नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन्। मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा उनले कोषका कर्मचारीलाई उक्त निर्देशन दिएका हुन्। ‘म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु। हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं,’उनले भने।पहिलेका नेतृत्वले जसरी आफूले गल्ती नगर्ने प्रतिबद्धता उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्