सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको नियुक्ति हुँदैनः माओवादी सचिव साह काठमाडौं, १७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने भएका छन्।मंगलवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि माओवादीका सचिव गणेश साहले पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफूसँगै राख्ने स्पष्ट पारे।लामिछानेलाई मन्त्री बनाउँदा अन्य गैरसांसदहरुले पनि मन्त्री बन्ने आकांक्षा राख्ने भएकोले प्रधानमन्त्रीले सर्वोच्चको पूर्णपाठको प्रतिक्षा गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्