तरकारीमा परनिर्भरता घट्यो, ६ महिनामा नेपालले आयात गर्यो १७ अर्बभन्दा बढीको तरकारी काठमाडौं, १७ माघ। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)को अवधिमा विदेशबाट १७ अर्ब ४करोड ३५लाख ९०हजार रुपैयाँको विभिन्न प्रकारका तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालले साढे २२अर्ब रुपैयाँभन्दा बढीको तरकारी आयात गरेको थियो। पछिल्लो ६ महिनामा नेपालले साढे ५ अर्बको आलु, पौने २८करोडको गोलभेडा, ३अर्ब २३करोड रुपैयाँका प्याज आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्