पेशावरमा भएको आत्मघाती आक्रमणमा परी मर्नेको संख्या ९२ पुग्यो इस्लामावाद, १७ माघ। पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको संख्या ९२ पुगेको छ। सोमबार सुरक्षाकर्मीलाई लक्षित गरी मस्जिदमा आत्मघाती आक्रमण भएको थियो। आक्रमणमा परी घाइते भएकामध्ये ५७ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। घाइते १५७ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो। आक्रमणमा मस्जिद भत्किएको थियो। भवन भत्किदा पुरिएका सबैको उद्धार भइसकेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्