रवि लामिछानेले प्रधानमन्त्रीलाई दिए रास्वपालाई गृह मन्त्रालय नदिए सरकार छोड्ने चेतावनी काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीलाई गृह मन्त्रालयको जिम्मेवारी नदिए सरकारबाट हट्ने चेतावनी दिएका छन्। उनले आज विहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा उक्त चेतावनी दिएका हुन्। सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि गत शुक्रबार उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्रीले गृहमन्त्री आफ्नै पार्टीले राख्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्