नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग, ६ महिनामा व्यापार घाटा नाघ्यो पौने १८ अर्ब काठमाडौं, १७ माघ। नेपालको चौंथो ठूलो व्यापार घाटा युनाइेटेड अरब इमिरेट्स (युएई)सँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८०को ६ महिना(साउन–पुस)मा नेपालको युएईसँग व्यापार घाटा १७ अर्ब ८४ करोड ६२ लाख ८ हजार रुपैयााँ पुगको छ। सो अवधिमा नेपालले युएईबाट १८अर्ब ७करोड २७लाख ११हजार रुपैयाँको वस्तु आयात गरेको छ भने २२करोड ६५लाख ३हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्