गौतम अदानी विश्वका १० सबैभन्दा बढी धनी व्यक्तिको सूचिबाट बाहिरिए नयाँदिल्ली, १७ माघ। अदानी समूहका संस्थापक गौतम अदानी मंगलबार विश्वका १० सबैभन्दा बढी धनी व्यक्तिको सूचिबाट बाहिरिएका छन्। अमेरिकी फर्म हिंडनबर्ग रिचर्सले अदानी समूहमाथि आर्थिक अनियमितता गरेको भन्दै रिपोर्ट सार्वजनिक गरेपछि उनका कम्पनीको शेयरमा गिरावट आएको थियो। यसले उनको सम्पत्तिमा असर गरेपछि उनी विश्वका १० धनि व्यक्तिको सूचिबाट बाहिरिएका हुन्। ब्लुमबर्गको ताजा सूचिमा गौतम अदानी ११औं नम्बरमा रहेका छन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्