दैनिक ६ हजार पासपोर्ट छपाई, १३२ स्थानबाट जारी काठमाडौं, १७ माघ। राहदानी विभागले दैनिक करिव ६ हजार पासपोर्ट छपाई गर्न सुरु गरेको छ। छपाई गरिएका पासपोर्ट ७७वटा जिल्ला प्रशासन कार्यालय, १७वटा इलाका प्रशासन कार्यालय र ३८वटा विदेशस्थित नेपाली नियोगबाट जारी गर्ने गरिएको छ। राजधानी नजिकका जिल्लामा १२दिन, तराइका जिल्लामा १५दिन, पहाडका जिल्लामा २०दिन, हिमाली जिल्लामा ३०दिन र विदेशस्थित नियोगमा ३५दिनभित्र पासपोर्ट प्राप्त गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्