विश्वविद्यालय विधेयकप्रति सांसदहरुको शंका, गरे प्रश्न– शिक्षा विधेयक छोडेर विश्वविद्यालय विधेयक किन ल्याइयो ? काठमाडौं, १७ माघ। सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति सांसदहरुले शंका गरेका छन्। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सरकारले सुटुक्क पास गर्ने मनशायकासाथ विधेयक ल्याएको बताए। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले मुख्य प्राथमिकता शिक्षा ऐन बनाउने कुरालाई दिनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्