प्रधानमन्त्री दाहाल र रास्वपाका अध्यक्ष लामिछानेबीच बालुवाटारमा भेटवार्ता काठमाडौं, १७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच मंगलबार विहान भेटवार्ता भएको छ। लामिछाने नेपालको नागरिकता पुनः लिएपछि पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटवार्तामा गृहमन्त्री नियुक्ति र उपनिर्वाचनका विषयमा छलफल भएको जनाएको छ। लामिछानलाई सर्वोच्च अदालतले गत शुक्रबार नेपाल नागरिकता नभएको जनाउँदै उनको सांसद पद खारेज गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्