माधव नेपालले प्रधानमन्त्री दाहाललाई बुझाए २० बुँदे ज्ञापनपत्र, भने– श्रमिक वर्गलाई बाँच्नै मुश्किल भयो काठमाडौं, १७ माघ। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा न्युन आयसमूहका श्रमिक वर्गलाई बाँच्नै मुश्किल भएको र बैंकको ब्याज चर्को भएका कारण साना/मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनले जनाएका छन्। ऋण तिर्न नसकेर किसान तथा साना/मझौला व्यवसायीहरुले आत्महत्या गरिरहेको उनले उल्लेख गरेका छन्। आर्थिक संकट समाधान गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्