शाहरुख र दीपिकाको ‘पठान’ले पाँच दिनमा विश्वभर कमायो ५ अर्ब ४३ करोड भारतीय रुपैयाँ मुम्बई, १६ माघ। शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ले विश्वभर पाँच दिनमा ५ अर्ब ४३ करोड भारतीय रुपैयाँ कमाई गरेको छ। फिल्मले भारतमा ३ अर्ब ३५ करोड रुपैयाँ र भारत बाहिर २ अर्ब ८ करोड रुपैयाँ कमाई गरेको हो। बलिउड उद्योगमा यति छोटो अवधिमा यति धेरै कमाई गर्ने ‘पठान’ पहिलो फिल्म बनेको निर्माता यशराज फिल्मले दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्