अमेरिकाले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई सशक्त बनाउने काठमाडौं, १६ माघ। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई अमेरिकाले सशक्त बनाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको स्वास्थ्य,शिक्षा, साईबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्