यस्तो छ राष्ट्रपतिको निर्वाचन कार्यतालिका काठमाडौं, १६ माघ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन फागुन १० गते, उजुरी १०–११गते, उजुरीमाथि छानबिन ११–१२गते, अन्तिम मतदाता नामावली प्रकाशन १२ गते, उम्मेदवार मनोनयन १३ गते, उम्मेदवारबिरुद्ध उजुरी दिने १४गते, उजुरीमा छानबिन १४–१५गते, उम्मेदवारको नामावली प्रकाशन १५गते, उम्मेदवारले नाम फिर्ता लिने १६गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन १६गते रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्