माओवादी पदाधिकारी बैठकमा पाएन गृहमन्त्री नियुक्तिको विषयले प्रवेश काठमाडौं, १६ माघ। नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए। सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने विषय प्रधानमन्त्रीको भएकोले पार्टीको बैठकमा प्रवेश नगराइएको जिकीर गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दावी नछाड्ने जनाउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्