बैंकको चर्को ब्याजदर र आतंक बिरुद्ध व्यवसायीद्वारा सडक आन्दोलन काठमाडौं, १६ माघ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न आन्दोलन गरिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्