पाँच महिनामा लिए तीन लाख चार हजारभन्दा बढीले पान नम्बर काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)मा थप ३ लाख ४ हजार ७७९ जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ५४२ जनाले स्थायी लेखा नम्बर लिएका थिए। यसैगरी पछिल्लो पाँच महिनामा १० हजार ५०५ जना करदाता मुल्य अभिवृद्धि करमा दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्