राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपति निर्वाचन चैत ३ गते गरिने काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने भएको छ।आयोगले निर्वाचनको मिति आज साँझसम्म घोषणा गर्ने तयारी गरेको आयोग स्रोतको दाबी छ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ र उपपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ गतेसम्म रहेको छ।नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाब दिंदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्