राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेर अहिलेको समिकरणमाथि सन्देह पैदा गर्ने प्रयास गरिएको छः एमाले महासविच पोखरेल काठमाडौं, १६ माघ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेर अहिलेको समिकरणमाथि सन्देह पैदा गर्ने प्रयास भइरहेको बताएका छन्।नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्ने उनले जनाए। कांग्रेस वर्तमान सत्ता समीकरणलाई तत्काल विघटन गर्न कुत्सित मनशायका साथ बसेको आरोप उनको छ।निवेदन दिएर प्रतिपक्षको दाबी गर्ने र सत्तामा हिस्सेदारी खोज्ने कार्य अलोकतान्त्रिक भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्