अमेरिकी उपविदेशमन्त्रीले आर्थिक सुरक्षा र कूटनीतिक लचकताका विषयमा नेपालका शीर्ष नेतृत्वसँग छलपल गर्ने काठमाडौं, १६ माघ। नेपालको दुई दिने भ्रमणमा रहेकी राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपालका शीर्ष नेताहरुसँगको भेटमा आर्थिक सुरक्षा र कूटनीतिक लचकताका विषयमा छलफल गर्ने भएकी छन्। नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त जानकारी दिएका हुन्। ‘उपविदेशमन्त्री नुल्याण्डले नेपालको शीर्ष नेतृत्वसँग भेट गरी आर्थिक सुरक्षा, कूटनीतिक लचकता र थप विषयहरूमा छलफल गर्नुहुनेछ,’ थम्पसनले फेसबुकमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्