प्रधानमन्त्री दाहाल र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता, द्विपक्षीय सहयोगका विषयमा छलफल काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच आज भेटवार्ता भएको छ। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। भेटमा द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्वीटर मार्फत जनाएका छन्। नेपालको दुई दिने भ्रमणको सिलसिलामा अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आइतबार काठमाडौं आएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्