घरायसी झै–झगडा हुँदा श्रीमानले श्रीमती र छोराको शरीमा पेट्रोल खन्याई लगाए आगो, दुई वर्षीय छोराको मृत्यु बाँके, १६ माघ। कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने भानुभक्त बिकले घरायसी झै–झगडाको कारण ३०वर्षीया श्रीमती गंगा बिक र २ वर्षीय छोरा प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाएका छन्। भानुभक्तलाई जमुनाहा नाकाबाट सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। जलेर गम्भीर घाइते भएका गंगा र प्रिन्सलाई उपचारको लागि भेरी अस्पताल लगिएको थियो। उपचारको क्रममा प्रिन्सको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्