धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ आरोपीहरु फरार धनुषा, १६ माघ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट आइतबार राति ६ जना आरोपितहरु पर्खाल भत्काएर फरार भएका छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्ददा,विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्ददा,रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्ददाका आरोपीहरु रहेका छन्। फरार आरोपितहरुको खोजी कार्य भइरहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्