सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी काठमाडौं, १६ माघ। पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ।परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताएकी हुन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले दूतावास÷कन्सुलर सेवा नभएका देशमा सरकारले घुम्ती टोली खटाएर नेपालीका समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्