नेपाल र नेपाली डायस्पोरामा मानसिक समस्याका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढे काठमाडौं, १६ माघ। नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा उनीहरुले पछिल्लो समय मानसिक समस्याका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको समेत जनाए। उनीहरुले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्