पासपोर्ट सेवा सहज बनाउने राहदानी विभागको प्रयासः आजबाट प्रत्येक दिन १५ सय अग्रिम अनलाइन आवेदन फाराम खोल्ने काठमाडौं, १६ माघ। राहादनी विभागले पासपोर्ट सेवालाई अझ सहज बनाउन आजबाट प्रत्येक दिन १ हजार ५ सय अग्रिम आवेदन फाराम खोल्ने भएको छ। प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने विभागले जनाएको छ। ‘यसरी अग्रिम अनलाईन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको छ,’ विभागले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्