युक्रेनका राष्ट्रपतिले गरे रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नदिन आग्रह किएभ, १६ माघ। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्किीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा रुस र बेलारुसका खेलाडीलाई सहभागी हुन नदिन आग्रह गरेका छन्। रुस र बेलारुसका खेलाडी सहभगाी भए ‘आतंकवादलाई स्वीकृति’ दिएसरह हुने उनले जनाएका छन्। उनले यो मुद्दा फ्रास्का राष्ट्रपति इमैनुएल म्याक्रों समक्ष उठाइसकेको बताएका छन्। ओलम्पिकको मञ्च रुसलाई प्रोपागाण्डा फैलाउनको लागि प्रयोग गर्न दिन नहुने तर्क उनको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्