समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली- राष्ट्रपति काठमाडौं, १६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति,सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी छन्। आज सहिद दिवसको दिन विज्ञप्ति जारी गर्दै उनले भनेकी छ्न्,'समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्