ओडिशाका स्वास्थ्य मन्त्रीमाथि प्रहरीद्वारा गोली प्रहार नयाँदिल्ली, १५ माघ। भारतको ओडिशाका स्वास्थ्यमन्त्री नब किशोर दासमाथि गोली प्रहार भएको छ। गोली लागि उनी गम्भिर घाइते भएका छन्। ब्रजराजनगरमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि प्रहरी अधिकारीले गोली प्रहार गरेका थिए। गोली उनको टाउकोमा लागेको बताइएको छ। गोली प्रहार गर्ने प्रहरी हवल्दारमाथि अहिले सोधपुछ चलिरहेको छ। गोली किन प्रहार गरिएको थियो भन्ने अहिले खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्