पछिल्लो ६ महिनामा नेपालीको भान्सामा पाक्यो विदेशबाट ल्याएको ३ अर्ब २३ करोडभन्दा बढीको प्याज काठमाडौं, १५ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालले विभिन्न देशबाट ३ अर्ब २३करोड ३२लाख ३६हजार रुपैयाँको प्याज आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ८करोड ७५लाख २७हजार २८४केजी प्याज नेपाल भित्रिएको छ। नेपाल भारत र चीनबाट प्याज आयात गर्ने गरेको छ। पछिल्लो ६महिनामा नेपालले भारतबाट मात्र ३अर्ब २०करोड रुपैयाँभन्दा बढीको प्याज आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्