प्यान नम्बर लिनेको संख्या ५१ लाख ३५ हजार नाघ्यो काठमाडौं, १५ माघ। देशभर स्थायी लेखा नम्बर(प्यान) लिने करदाताको संख्या ५१ लाख ३५ हजार ५९० पुगेको छ। अर्थ मन्त्रालयका अनुसार यो संख्या २०७९ मंसिर मसान्तसम्म स्थायी लेखा नम्बर लिनेहरुको हो। यस अवधिमा ३२ लाख ८५ हजार ६४९ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर, १८लाख २७हजार १३९जनाले व्यावसायिक स्थायी लेखा नम्बर र २२हजार ८०२ करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्