सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियोः महासचिव पोखरेल काठमाडौं, १५ माघ। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्। नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने उनले जनाए। राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने बताउँदै उनले समस्याहरुको समाधान गरिने जनाए।विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्