कांग्रेसले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउने म्याद थप्यो काठमाडौं, १५ माघ। नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्नेको सूची पठाउने म्याद थप गरेको छ। कांग्रेसले आज एक विज्ञप्ति जारी गरी त्यस्तो सूची पठाउने समय माघ मसान्तसम्म बढाइएको जनाएको हो। यसअघि कांग्रेसले जिल्ला अनुशासन समितिबाट केन्द्रीय अनुशासन समितिमा सूची पठाउने समय माघ १५ गतेसम्म राखेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्