पछिल्लो नौ महिनामा रोजगारी खोज्दै पौने ६ लाख नेपाली विदेशिए काठमाडौं, १५ माघ। २०७९ साल सुरु भएयता(वैशाख–पुस) हालसम्म वैदेशिक रोजगारीमा जान ५लाख ८४हजार ७५२जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी कात्तिकमा र कम वैशाखमा रहेको छ। वैशाखमा ४५हजार४, जेठमा ६२हजार३४९, असारमा ६२हजार८५३, साउनमा ६३हजार३९, भदौमा ७६हजार४०३, असोजमा ६२हजार७०६, कात्तिकमा ७८हजार३७०, मंसिरमा ६८हजार५६४ र पुसमा ६५हजार४६४ जनाले श्रम स्वीकृति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्