नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताल र स्वास्थ्य संस्थामाथि कडा कारबाही गरिने काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले न्यूनतम पारिश्रमिक नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने जनाए। यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्