मुटु रोग सम्बन्धी सेवालाई विकेन्द्रिकरण गर्न जरुरीः राज्यमन्त्री कार्की काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धी सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन्। आइतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पु¥याउनु अति आवश्यक रहेको जनाइन्। गंगालाल अस्पतालका संस्थाहरुलार्य प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न सरकारले पहल गर्ने उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्