मोदीमाथि बनेको बीबीसी डकुमेन्ट्री हेरेको आरोपमा राजस्थान केन्द्रिय विश्वविद्यालयले गर्यो १० विद्यार्थीलाई निलम्बन नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको डकुमेन्ट्री हेरेको आरोपमा राजस्थान केन्द्रिय विश्वविद्यालयले १० जना विद्यार्थीलाई निलम्बन गरेको छ। उनीहरुलार्य १४ दिनको लागि निलम्बन गरिएको जनाइएको छ। बीबीसीले दुई भागमा निर्माण गरेको ‘इण्डियाः द मोदी क्वेसन’ डकुमेन्ट्री केही दिनअघि प्रसारण्मा आएको थियो। डकुमेन्ट्री अहिले भारतका विभिन्न स्थानमा प्रदर्शन गरिंदै आइएको छ। तर राजस्थानका विद्यार्थीले भने मोबाइलमा डकुमेन्ट्री हेरेका थिए।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्