रक्सीको तालमा श्रीमानले श्रीमतीको घाटि थिचेर हत्या गरि खाडलमा पुरे भोजपुर, १५ माघ। आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गंगाका श्रीमान अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण श्रीमतीलाई घाटि थिचेर हत्या गरि खाडलमा पुरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्