इरानमा ५.९ म्याग्निच्युडको भूकम्प, तीन जनाको मृत्यु तीन सयभन्दा बढी घाइते तेहरान। इरानको उत्तर–पश्चिम क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ५.९ म्याग्निच्युडको भूकम्पका कारण तीन जनाको मृत्यु भएको छ। भूकम्पले घर भत्किदा ३ सयभन्दा बढी घाइते भएका छन्। स्थानीय समयअनुसार भूकम्प शनिबार राति ९ बजे आएको थियो। भूकम्पले धेरै घरमा क्षति गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्