अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै काठमाडौं, १५ माघ। अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिला सम्बन्धि उपविदेशमन्त्री भिक्टोरिया नुल्याड आज नेपाल आउँदै छिन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको छ । उनले भ्रमणका बेला नेपालका उच्च अधिकारीहरुसँग अमेरिकी साझेदारीको बृहत्त एजेन्डाहरुमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्