सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले प्रश्न गरे– अनागरिक भएँ, अनागरिकसँग के प्रश्न सोध्नुहुन्छ ? काठमाडौं, १३ माघ। रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाले आफू अनागरिक भएको बताएका छन्। सर्वोच्चले आज उनको सांसद पद खारेज गरेपछि गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आफू कुनै हैसियतामा नभएको जनाए। उनले आफू अनागरिक भएकोले प्रश्न नगर्न पनि अनुरोध गरे।उनले सर्वोच्चको फैसलालाई स्वीकार्ने बताए।सर्वोच्चले आज उनको सांसद पद खारेज गरेपछि उनको मन्त्रीपदसँगै पार्टीको सदस्यता पनि गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्