पुसमा वैदेशिक रोजगारीमा १२० देश जान ६५ हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति काठमाडौं, १३ माघ। पुस महिनामा वैदेशिक रोजगारीको सिलसिलामा विश्वका १२० देशममा जान ६५ हजार ४६४ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो। विभागका अनुसार यसरी श्रम स्वीकृति लिनेमा ६० हजार ४३१ जना पुरुष र ५हजार ३३ जना महिला छन्। श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी मलेसिया जानको लागि २०हजार ३३९ जनाले लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्