पाँच महिनामा नेपालले प्राप्त गर्यो १ खर्ब ९ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता काठमाडौं, १३ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)सम्मको अवधिमा नेपालले १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ६४ अर्ब १५ करोड रुपैयाँ रहेको थियो। यसवर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदानको हिस्सा १९.७६ प्रतिशत र ऋण ८०.२४ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्